प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१०-१६

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।१०।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ स्टिपिङ स्कुल नजिक र टिकापुर न.पा.९ ठोसे चोक स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८९,१००।– बराबरको बिडी, सुर्ती, को-कोनट पाउडर, बेसन, सेफोलाईट केमिकल, बिजुली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित १० जना मानिस नियन्त्रणमा
२०८२-१०-१६

     कञ्चनपुर:-  मिति २०८२।१०।१५  गते २१:०० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रदिप लुहार समेत १० जनालाई उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरि रहेको अवस्थामा फेला पारि निजहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११.३७ (एघार दशमलव सैतिस) ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा प्रतिवन्धित क्याप्सुल र लागूऔषधमा प्रयोग हुने अन्य सामानहरु सहित फेला पारी उक्त लागूऔषध र सामानहरु सहित निजहरु दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-१५

       कैलाली :- मिति २०८२।१०।१४ गते जिल्ला कैलाली टीकापुर न.पा.९ ठोसेबजार स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,१००।–बराबरको फलामको कराई,स्टिल परात,कचौरा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर :- मिति २०८२।१०।१४ गते जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०५,७४०।–बराबरको हाडबेयर,मोबाईल कभर र किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिबादी पक्राउ
२०८२-१०-१५

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १९ दिन कैद र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा.४ माघी बस्ने बर्ष ४८ को बुद्धिराम चौधरीलाई  इलाका प्रहरी कार्यालय सुखड,कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु बिवाह मुद्दामा  १ वर्ष कैद र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.५ देखतभुली बस्ने बर्ष ४५ को सुरत कठायतलाई  इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।१४  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१५

     कैलाली:- मिति २०८२।१०।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं १३ मोहनपुर स्थित ऐ.ऐ. बस्ने वर्ष २० को अजय रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७५० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको       यसैगरि:- मिति २०८२।१०।१४ गते १६:३० बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगर व्यारेल स्थित जिल्ला कैलाली गोदावरी न.पा.४ बस्ने बर्ष २५ को लोकेन्द्र बोगटीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय ,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरि:- मिति २०८२।१०।१४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ कुम्भिया स्थित ऐ.ऐ.बस्ने बर्ष २३ को शिशिर बमलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ७१० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागु औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय सडकपुर,बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।