प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ

२०८२-१०-१६

  • A
  • A-
  • A+
Share

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।