अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१७
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।१०।१६ गते २२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने ३२ को राज कुमार राना र १७
बर्षिय किशोरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन
जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी
चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।१०।१६ गते
१५:३० बजेको समयमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको
आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष
२५ को प्रभुराज हमालको घर कोठा खानतलासी गर्दा निजले घर कोठामा लुकाई छिपाई राखेको
अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, PREGA75 क्याप्सुल थान २० र ANTIKOF ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध
समेत फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर,
कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।