फरार प्रतिबादी पक्राउ
२०८२-१०-१७
- A
- A-
- A+
डोटी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०७७।०९।२८ गतेको
फैसलाले बहु-विवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तोकिएका जिल्ला डोटी,
पुर्वीचौकी गा.पा.१ फुलौट घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मीमा लुकिछिपी बस्दै आएका बर्ष ३२ को देव बहादुर ऐर र
वर्ष २६ की जानकी चयडालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले
मिति २०८२।१०।१६ गते जिल्ला कैलाली, गोदावरी न.पा.९ वल्मीबाट पक्राउ गरेको ।