अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।१०।१८ गते १९:२० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ स्थित रहेको जानकी सामुदायिक वन भित्र लागूऔषध सेवन गरि रहेका छन भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ वस्ने बर्ष २५ को प्रदिप राना र बर्ष २४ को शिव राम रानालाई चेकजाँच गर्दा २.५० ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।