प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१०-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।१०।१७ गते जिल्ला कैलाली भजनी न.पा. ५ पगियापसार स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१८,०००।(दुई लाख अठार हजार मात्र ) बराबरको हार्डवयर ( वासर, ताला,वेरिङ,बेल्ट ) लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्विपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

    कञ्चनपुर:- मिति २०८२।१०।१७ गते कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.९ जमुना घारी र बेलौरी न.पा. १० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६६,९१०।बराबरको कपडा, चिनी, सुर्ति र नुडल्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०५-०९

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,१२,५९६।- बराबरको IPHONE मोवाईल थान-५ सहित दोधरा चाँदनी न.पा.९ बस्ने वर्ष २६ को गौतम जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त IPHONE  सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९६,२००।- बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ वोरा र साइकल थान-२ सहित भारत लखिमपुर कमलापुर बस्ने वर्ष ३२ को शिवानन्द शर्मा, ऐ.ऐ. बस्ने वर्ष ३० को वाहिद अली र  जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने वर्ष २० को कैलाश जोशीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७८,०००।– बराबरको साडी, बोईलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०५-०९

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।०८ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।१. ठगी सम्बन्धि मुद्दामा ६ महिना कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा.१० बस्ने वर्ष ३२ को श्याम बहादुर चौधरी ।२. बैङ्किङ कसुर मुद्दामा १ दिन कैद सजाय र रु.१,५१०।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने राज बहादुर थापा ।३. चेक अनादर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको लम्कीचुहा न.पा. १ बस्ने केशवराज जैशी ।४. लिखित सम्बन्धि कसुर मुद्दामा ५ महिना १५ दिन कैद तोकिएको लम्कीचुहा न.पा.१० बस्ने खेम बहादुर चौधरी ।५. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु ५०,००।- जनही तोकिएका टीकापुर न.पा.७ वैदी बस्ने वर्ष २७ को (माता भन्ने) सुनिल मिस्त्री,  ऐ.ऐ.९ बौनिया बस्ने वर्ष ३४ की हिरामोती डगौरा थारु र ऐ.ऐ.बस्ने वर्ष ४५ की लाली डगौरा । ६. बोक्सि सम्बन्धि आरोप मुद्दामा १ वर्ष  कैद सजाय र रु. रु १५,०००।- जनही तोकिएका भजनी न.पा.१ गौनिया बस्ने वर्ष ५० को जयराम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४४ को पदम डगौरा, ऐ.ऐ.बस्ने वर्ष ४५ को लहानु डगौरा र ऐ.ऐ.बस्ने वर्ष ५४ को बाबुराम डगौरा ।