प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-१८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८२।१०।१७ गते १७:०० बजेको समयमा  गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमद्त्त न.पा. १० तिल्केनि बस्ने वर्ष ३२  खगेन्द्र साउँदको घरको कोठामा खानतलासी गर्दा निजको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ,  १ थान डिजिटल तराजु र निज संगै बसेको ऐ.वडा नं. ७ हल्दुखाल बस्ने वर्ष २८ को उज्जल बोहरा समेत दुबै जनालाई लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट नौलाखेत,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको      

     यसैगरी मिति २०८२।१०।१७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमद्त्त न.पा. ११ होल्डिङ सेन्टर ( ७ नं  पिल्लर ) बाट जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ भाषी बस्ने बर्ष ४६ को जिवन शर्मालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ९३ मिलिग्राम लागूऔषध खैरो हेरोइन ( ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।