भन्सार छलिका सामान बरामद
२०८०-०१-१४
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०/०१/१४ गते ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी टेडुवा कञ्चनपुर बाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा. २ स्थित अन्दाजी रु. १६,०००।- बराबरको चिनि, सनसिल्क स्याम्पु, दालमोट र पुरानो साईकल बेवारीसे फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको ।
कैलाली- यसै गरि मिति २०८०/०१/१३ गतेको जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले जि.कैलाली धनगढी उप-महानगरपालिका १ बसन्त टोलस्थित भारतबाट भन्सार छलि ल्याएको अन्दाजी रू.७१,०००।- बराबरको कुर्ता, सुरुवाल, लेगिज, फराक, तन्ना, जुत्ता र कुर्ती बेबारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।
सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले कैलाली धनगढी उ.म.न.पा.३ चटकपुर स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रू. ४,०००।- बराबरको बिडी, सुपर पाबर सुर्ति, सुर्ति र प्लस्टिकको गिलास बेबारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।
यसै गरि सोहि दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुहबाट खटीएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा. ३ मिलनचोक स्थित गोदावरी न.पा १ अत्तरीया बस्ने बर्ष ४० की बिस्ना भट्टले भारतबाट भन्सार छलि गरी ल्याएको अं. मुल्य रू.४१,५००।- बराबरको साडी, सुट, पिस, कुर्ति, बच्चाको हाप कट्टु, भेष्ट, बच्चाको फराक, बच्चाको कट्टु, र आन्टी बरामद गरी निजलाई समेत सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।