लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-१८
- A
- A-
- A+
कैलाली- मिति २०८०।०१।१७ गतेको राती सदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिई गएको सयुक्त प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा १० जुगेडा स्थित ऐ.ऐ.७ बस्ने बर्ष २२ को प्रकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १०० मिलिग्राम लागू औषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरि सोहि दिन सोहि स्थानबाट ऐ.ऐ.१० रानागाउँ बस्ने बर्ष १६ को संगम रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ११० मिलिग्राम लागू औषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसै गरि सोहि दिनको दिउसोतिर प्रहरी चौकी कैलालीगाउँ कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा. १३ राजपुर खप्तड आयल नजिक ऐ.भजनि न.पा.६ घर भई सोही स्थानमा टायर मर्मतको पसल गरी बस्ने बर्ष २४ को अजय चौधरीको पसलमा शंका लागी चेकजाँच गर्दा निजको साथबाट १३० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेलापारी निजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।