प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८२-११-०१

  • A
  • A-
  • A+
Share

    बाजुरा:- जिल्ला बाजुरा जगन्नाथ गा.पा.६ स्थित लैफु डाँडाँ नजिकै कर्णाली करिडोर सडक खण्डमा नामथर वतन नखुलेको वर्ष अन्दाजी ४० को जस्तो देखिने पुरुष व्यक्ति विहीबार साँझ मृत अवस्थामा परेका हुन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-११-०१

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१०।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१.         लागूऔषध मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखाल बस्ने बर्ष ५० को खडक बहादुर पुजारा ।२.          लागूऔषध चरेश मुद्दमा १ बर्ष कैद सजाय र रु. २०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बस्ने बर्ष ५८ को शिब राज भट्ट ।३.         अभद्र ब्यबहार मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ९ बस्ने १८ वर्षिय किशोर । ४.         कुटपिट मुद्दामा १ वर्ष कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ बस्ने बर्ष ४६ को शिव दत्त जोशी ।

अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२९

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ६१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्कीचुहा न.पा.३ बलचौर बस्ने बर्ष २० को राहुल बादी र बर्ष २१ को नृप बादीलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट ८६० ट्याव्लेट ट्रामिनो (TRAMINO)  नियन्त्रित लागूऔषध सहित जिल्ला कंचनपुर, कृष्णपुर न.पा.२ बंक बस्ने बर्ष २७ को धनी बादीलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो  । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त नियन्त्रित लागूऔषध फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-१०-२८

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्कीचुहा न.पा.१ बस्ने बर्ष २८ को सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.२ अत्तरिया स्थित बसपार्कबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला दार्चुला, लेकम गा.पा.४ बस्ने बर्ष २८ को राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली लम्कीचुहा न.पा.३ चिसापानीबाट २२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत उत्तराखण्ड प्रदेश चम्पावत जिल्ला पुर्णागिरी नगरपालिका बनबासा बस्ने बर्ष ३० को हर्दिप चन्दलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरीले टोलीले पुर्वपश्चिम राजमार्ग सडक खण्डमा महेन्द्रनगरबाट नेपालगंज तर्फ जाँदै गरेको डी.एल. ६ एस.बि.सि.५१०० नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।