प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस पक्राउ

२०८२-१०-२८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्कीचुहा न.पा.१ बस्ने बर्ष २८ को सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.२ अत्तरिया स्थित बसपार्कबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला दार्चुला, लेकम गा.पा.४ बस्ने बर्ष २८ को राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । लागूऔषधको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । 

     यसैगरी,  जिल्ला कैलाली लम्कीचुहा न.पा.३ चिसापानीबाट २२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत उत्तराखण्ड प्रदेश चम्पावत जिल्ला पुर्णागिरी नगरपालिका बनबासा बस्ने बर्ष ३० को हर्दिप चन्दलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरीले टोलीले पुर्वपश्चिम राजमार्ग सडक खण्डमा महेन्द्रनगरबाट नेपालगंज तर्फ जाँदै गरेको डी.एल. ६ एस.बि.सि.५१०० नम्बरको मोटरसाइकलमा सवार निजलाई चेकजाँच गर्दा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।