अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०२
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकासाल, दोधाराचाँदनी न.पा.१ मलहरिया र ऐ. ८ धामी टोल स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,१९६।– बराबरको पेय पदार्थ, गुड, सुर्ती, कस्मेटिक, फेन्सी, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ नैनादेवि मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २५,०००।– बराबरको माछा, साइकल थान-१ लगायतका सामानहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।