लागु औषध सहित मानिस पक्राउ
२०८०-०१-१९
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०१।१८ गतेको साझँतिर प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बेतकोट नपा ९ सुन्दरपुर स्थित ऐ. बस्ने बर्ष २९ को प्रकाश चन्द र ऐ. ६ सिसैया बस्ने बर्ष १८ को अभिशेक धामीलाई शंका लागी चेकजाचँ गर्दा निजहरुको साथबाट १.३७ मिलिग्राम लागूऔषध खैरोहेरोईन र ७.६२ लेखिएको साबुत गोली राउन्ड थान १ समेत फेला पारी निज दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरि,कैलाली- सोहि दिनको साझँतिर प्रहरी चौकी कनरी कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालीका ७ बेली बस्ने बर्ष २७ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ३९० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेलापारी निजलाई प्रहरीले नियन्त्रणम लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।