अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.३ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.१,८३,५००।–
बराबरको मल्टिपिस स्फु ड्राईभर, मिनि फ्रिसिसन स्फु ड्राईभर, फ्रिसिसन
स्फु ड्राईभर, फङसनस्फु ड्राईभर, डिजिटल इलेक्ट्रोनिक स्फु ड्राईभर, सोल्डर पेस्ट,
सिलिकन कल्स, गोल्डेन क्राउन डिस्प्ले, S, in, 1 स्फु
ड्राईभर लगायतका सामानहरु सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको
प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ ब्रह्मदेव,
ऐ. ४ बसपार्क र ऐ. ११ गड्डाचौकीबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७०,८१०।–
बराबरको मिठाई बनाउने कच्चा पदार्थ, बिभिन्न
किसिमका कपडा, हाडवेयर, किराना
लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत
कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।