अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-१९
- A
- A-
- A+
कैलाली- मिति २०८०/०१/१७ गतेको साझँतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा.३ मिलनचोक स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु. ५,०००।– बराबरको चिनी, सिल्वर पेपर र डाल्टा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
यसैगरि,सोहि दिन दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष २४ को अमन गुप्ताले नम्बर नभएको अटोमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी रु. १,२०,०००।- बराबरको कुर्ति, सरुवाल र सुट लगायतका सामानहरु बरामद गरी मानिस र अटो सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरि, मिति २०८०।०१।१८ गते दिउसोतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उमनपा २ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु. ८,५००।– बराबरको चिनी, सुपर पावर, विडी र झिल्ली बेवारीसे अवस्थामा फेला पारी बराबद गरी नियन्त्रणमा लिएको हो ।
यसैगरि, कञन्चनपुर- मिति २०८०।०१।१७ गते बिहानतिर ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.१० भुजेला पुल स्थित भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याएको अन्दाजी रु.१९,४००।– बराबरको चिनि,बिष्कुट लगायत अन्य सामान वेवारिसे अवस्थामा फेला पारी प्रहरी टोलीले बरामद गरेको हो । उल्लेखित सामानहरु र मानिसलाई आवश्यक कारवाहीको लागी प्रहरीले भन्सार कार्यालयमा पठाएको हो ।