अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१
पुष्पलाल चोक नजिक भित्री सडक खण्डबाट ३ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईन
जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१९ बागफाटा घर भई
हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने २७ को सुनिल चौधरीलाई मंगलबार दिउँसो
प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध व्यूरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त
रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ
फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो
।
यसैगरी, जिल्ला कैलाली
धनगढी उ.म.न.पा.१३ बाट १७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को बल बहादुर चौधरीलाई मंगलबार दिउँसो
प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट
उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि
पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली बर्दगोरिया
गा.पा.२ बौनियाँगाँउबाट १ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने
धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २७ को सुनिल कुमार चौधरी र बर्ष २७ को रति
राम थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका
प्रहरी कार्यालय सडकपुर बौनिँया, कैलालीबाट खटिएको
प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली धनगढी
उ.म.न.पा.१३ राजपुरबाट २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित जिल्ला कैलाली, गोदावरी न.पा.३ बस्ने बर्ष २४ को बिनोद ओडलाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली गोदावरी
न.पा.३ स्थित ग्याँस कम्पनी नजिकबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो
देखिने धुलो पदार्थ र नापतौल गर्ने तराजु थान १ सहित सोही ठाउँ वस्ने वर्ष २७ को
अनुज रावत र सोही न.पा.११ बस्ने बर्ष २७ को मोहन वडैलालाई मंगलबार राती प्रहरीले
पक्राउ गरेको हो । लागूऔषधको कारोबार भईरहेको छ भन्ने
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय
मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त
रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ र तराजु
फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो
।