अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ७३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने
धुलो पदार्थ सहित जिल्ला कैलाली लम्कीचुहा न.पा.१ बस्ने बर्ष २३ को सन्तोष
बि.क.लाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी
टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला
कैलाली टिकापुर न.पा.९ मोहना नदि किनारबाट २ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली, जानकी
गा.पा.३ लायकपुर शिबिर बस्ने बर्ष २५ को उमेश साँउद र बर्ष २५ को प्रकाश बि. क.लाई
वुधबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी
कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि
चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक
प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।