जुवातास खेलिरहेको अवस्थामा मानिस पक्राउ
२०८०-०१-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८०।०१।१७ गतेको साझँतिर जि.कैलाली धनगढी उ.म.न.पा.२ बैयावेहडी स्थित ऐ.ऐ. बस्ने बर्ष ३२ को भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेली रहेका छन भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय घनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा, रू. ४७,२००।- नगद ,एक गड्डी तास सहित जिल्ला कैलाली ध.उ.म.न.पा.२ बैयाबेहडी बस्ने बर्ष ३२ को भुपेन्द्र चौधरी लगायत १२ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनसन्धान गरिरहेको छ ।