अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१३
- A
- A-
- A+
कञ्चनपुर:-
कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ५२,०३२/- (
बाउन्न हजार बत्तिस रुपैया ) बराबरका किराना
सामान र हार्डवेयर सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा
मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:-
कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु. २,२६,७४०/- ( दुई
लाख छब्बिस हजार सात सय चालिस ) बराबरका सुट
कपडा, साडी, किराना सामान,
ढोकाका
कुण्डी, डोर होल्डर र रुबेल डोर लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय
कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।