अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१४
- A
- A-
- A+
कैलाली:-
जिल्ला कैलाली भजनी न.पा. ५ भगतपुर स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ७,३५,५००/- ( सात लाख पैतिस हजार पाँच सय ) बराबरका कस्मेटिक सामानहरु बुधबार इलाका
प्रहरी कार्यालय भजनी र पृथ्विपुर कैलालीबाट सयूक्त खटिएको प्रहरी टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
दार्चुला:-
दार्चुला जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ३६,४९५।- बराबरका किराना
सामानहरु
बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।