प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-११-१५

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु-बिबाह मुद्दामा २ वर्ष कैद र रु. १०,०००।-जरिवाना सजाय तोकिएको जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.९ बस्ने बर्ष ३५ को लिल बहादुर बुढालाई  इलाका प्रहरी कार्यालय दोधारा चाँदनी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१४

     कैलाली:-  जिल्ला कैलाली भजनी न.पा. ५ भगतपुर स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७,३५,५००/- ( सात लाख पैतिस हजार पाँच सय ) बराबरका कस्मेटिक सामानहरु बुधबार इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर कैलालीबाट सयूक्त खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      दार्चुला:-  दार्चुला जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,४९५।- बराबरका किराना सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-१३

    कञ्चनपुर:-  कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५२,०३२/- ( बाउन्न हजार बत्तिस रुपैया ) बराबरका किराना सामान र हार्डवेयर सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,२६,७४०/- ( दुई लाख छब्बिस हजार सात सय चालिस ) बराबरका सुट कपडा, साडी, किराना सामान, ढोकाका कुण्डी, डोर होल्डर र रुबेल डोर लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१३

  कैलाली :- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं २ स्थितबाट ५०  मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित निम्न मानिसहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।निम्न१.जि.कैलाली बर्दगोरिया गा.पा. २ घर भई ऐ.ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को कनैया चौधरी ।२.जि. अछाम साफेबगर न.पा.८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २६ को महेश कुँवर ।३.जि. अछाम साफेबगर न.पा. ८ घर भई जि.कैलाली ध.उ.म.न.पा. २ कोठा गरी बस्ने बर्ष २९ को गौरव स्वार ।    कञ्चनपुर :- जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ स्थित कलकत्ता बजारबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ३ देखदभुली बस्ने बर्ष २० को दिपेश रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।