फरार प्रतिवादी पक्राउ
२०८०-०१-२०
- A
- A-
- A+
कैलाली- मिति २०८०/०१/१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट बन मुद्दामा मिति २०७१/०२/०६ गतेको फैसलाले रु.७४११०।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १४ बस्ने बर्ष ३७ को राज पुरीलाई निजकै घरबाट प्रहरीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको हो ।
यसै गरि सोहि दिन ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित रुपन्देही जिल्ला अदालतबाट लागु औषध मुद्दामा मिति २०७५/०३/२४ गतेको फैसला अनुसार १ बर्ष कैद तोकी फरार रहेका प्रतिवादी जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ बस्ने बर्ष ३० को सुमन शाहलाई ऐ.ऐ. स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरेको हो ।