अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-११-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।- (दुई लाख साठि हजार नौ सय) बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २८ को खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. भजनी न.पा.९ बस्ने बर्ष ३७ को रामनारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोटरसाइकल, सामान सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।