फरार प्रतिबादी पक्राउ
२०८२-११-२९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०८१।०५।०७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ बर्ष कैद सजाय, रू.१,००,०००।-(एक लाख) जरिवाना
र सोही अदालतबाट मिति २०८१।११।१८ गतेको
फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा १ बर्ष ६ महिना १८ दिन कैद सजाय, रू.१,००,०००।-(एक लाख) जरिवाना
तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ गोबरीया बस्ने बर्ष ३१ को सुरेन्द्र
भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।११।२८ गते दिउँसोतिर निजकै घर ठेगानाबाट पक्राउ
गरेको हो ।