अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउबाट १ ग्राम ३३० मिलिग्राम
लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित देश
भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष २२ को राजन गुप्तालाई शनिबार साँझ प्रहरीले
पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।
यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.११ गौडीबजार स्थित सोही ठाउँ वस्ने वर्ष ३४ को
लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा लागूऔषधको सेवन तथा कारोवार भइरहेको
छ भन्ने बिशेष सुचनाको आधारमा पसल तथा निजलाई खानतलासी गर्दा ६७० मिलिग्राम
लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र सोही खुद्रा पसलमा सोही ठाउँ बस्ने बर्ष २१ को केशब
नेपाली समेत लागूऔषध सेवन गरिरहेको अवस्थमा फेला पारी पसल सञ्चालक र निजलाई शनिबार
साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण
व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको साथबाट
उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि
पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कैलाली धनगढी
उ.म.न.पा.८ क्याम्पस रोड बस्ने बर्ष ३५ को केशब बिष्ट र जिल्ला डडेलधुरा, आलिताल गा.पा.३ मौरी बस्ने
बर्ष २३ को कृष्ण महरालाई ४५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । से ७ प २२६६
नम्बरको
मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट
नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको
प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ
गरेको हो ।