आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-१२-०१
- A
- A-
- A+
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१०
तिल्केनि बस्ने बर्ष ४५ को कृष्ण खत्रीको घर नजिकै रहेको निजकै बाख्राको कच्ची
गोठमा शनिवार दिउँसो अचानक आगलागी हुँदा गोठ र गोठ नजिकै रहेका मोटरसाइकल थान-१,
चम्पा टेक्टर थान-१ लगायतका सामानहरू गरी अन्दाजी रु.५,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको
सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।