फरार प्रतिबादी पक्राउ
२०८२-१२-०१
- A
- A-
- A+
कैलाली :-
फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको
फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला
कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २३ को सागर पार्कीलाई
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०८१।०३।१७ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ३ वर्ष कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको
जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष बर्ष २० को दिपेन्द्र रानालाई जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।