अबैध भन्सार छलीका सामान बरामद
२०८०-०१-२०
- A
- A-
- A+
कैलाली- मिति २०८०। ०१।१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु ५६,५००।– बराबरको मैदा, कुर्ता, साडी, चिनी, सरप, सुर्ति, सुपारी, तेल, लगायत अन्य सामानहरु बेवारीसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कैलालीमा बुझाईएको ।
यसै गरि सोहि दिन ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ बसपार्क स्थित अन्दाजी रु.९,४००।– बराबरको रिमोट, स्वीच बटन, रिसिभर बक्स सेट बेवारिसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय सत्तीमा बुझाईएको हो ।