लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२१
- A
- A-
- A+
कञ्नचपुर- मिति २०८०।०१।२० गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका वडा न. ५ स्थित धनगढी बेलौरी सडक खण्डमा बेलौरीबाट धनगढी तर्फ जादै गरेको प्रदेश नं. ३ - ०२-००१ प ११४८ नं.को मो.सा. चालक जिल्ला कैलाली ध.उ.म.न.पा. ६ बस्ने बर्ष २५ को प्रकाश राना, पछाडी सवार जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा न. ६ बस्ने बर्ष १८ को सागर राना र जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सुबास रानालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ६०० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेला पारी मो.सा. सहित तिनै जानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।