प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-१२-०७

  • A
  • A-
  • A+
Share

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।१२।०६ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

१.      लागूऔषध मुद्दामा १ महिना २५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ पशुहाट बजार बस्ने बर्ष २८ को युवराज थापा ।

२.      जवरजस्ती करणी मुद्दामा रु.३,००,०००।- ( तिन लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली, बर्दगोरिया गा.पा.०५ बस्ने बर्ष ३५ को राजेश डगौरा

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०६

   कञ्चनपुर:-  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७२० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला डडेलधुरा अमरगढी न.पा.१ मालुम बस्ने बर्ष २५ को यादब तमौली र सोही नगरपालिका ५ बागबजार बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी,  बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा ना.पा.११ कलुवापुर बस्ने बर्ष २६ को हिक्मत बोहरा ( सहचालक ), कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष २४ को दिपेन्द्र बिष्ट, जिल्ला कैलाली, गोदावरी न.पा.३ मालाखेती बस्ने बर्ष २७ को सुरेन्द्र साँउद (चालक) र  जिल्ला दार्चुला, शैल्यशिखर न.पा.६ उल्लानी बस्ने बर्ष २८ को जनक सिंह धामी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२-००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइस सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो । 

भरुवा वन्दुकले गोली प्रहार गरी श्रीमतीको हत्या
२०८२-१२-०५

    कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.०४  अमलेशैनी गाउँ बस्ने बर्ष ३० को राम बहादुर मगरले आफ्नै श्रीमती बर्ष २७ की संजिता मगरसंग विवाद गरि आफैसँग रहेको भरुवा बन्दुकले गोली हानी वुधवार साँझतिर हत्या गरेको छ  । निजले श्रीमतिलाई गोली हानि हत्या गरेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटि गएको प्रहरी टोलीले घर देखि पश्चिमतर्फ ३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा हत्या गरेको र आफुलाई समेत उक्त बन्दुकले गोली हानी गम्भिर घाईते अवस्थामा फेला पारी सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचार भईरहेको छ । भरुवा वन्दुक इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले नियन्त्रण लिई घट्ना सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु
२०८२-१२-०५

    कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ बजैपुर स्थित ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिदा गोरुगाडामा सवार जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष ६० को कलसु चौधरी र निजकै श्रीमती बर्ष ७० की सेतानु चौधरीको वुधवार राती मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो । गोरु गाढमा वाँधिएको एक वटा गोरुको मृत्यु भएको छ भने एउटा वटा गोरु घाईते भएको छ । ट्रक र ट्रक चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाँडी बस्ने बर्ष ३३ को रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।