अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-२१
- A
- A-
- A+
कैलाली- मिति २०८०।०१।२० गते अस्थाई प्रहरी पोष्ट बिशालनगर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु.७,०००।- बराबरको चिनी, प्लाष्टिक झिल्ली, स्याम्पु, बेबारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको हो ।
सोहि दिन ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली कैलारी गा.पा.४ स्थित भारतबाट अबैध रूपमा भन्सार छली ल्याएको अन्दाजी रु.१२,०००।- बराबरको बोईलर कुखुरा बेवारिसे अवस्थामा फेलापारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी मिति २०८०/०१/२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली र स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ पुरानो भन्सार रोड स्थित ऐ.ऐ. बस्ने बर्ष ३१ को तारा बोहराको घरमा भारतमा भन्सार छली गरी ल्याई सामान लुकाई छिपाई राखेको छ भन्ने शंका लागि चेकजाँच गर्दा निजको घरबाट अन्दाजी रु.३४,५००।- बराबरको सुट, लेहंगा, धोती, बिडी फेला पारी बरामद गरी साथै जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ बस्ने बर्ष ३१ को तारा बोहरा, .ऐ.ऐ. बस्ने बर्ष ३५ की अनुष्का देउवा र जिल्ला कैलाली चुरे गाउपालिका घर भई हाल ऐ.ऐ. डेरा गरी बस्ने बर्ष ४० की पुमसरा साउँदलाई समेत प्रहरीले नियन्त्रनमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कंञ्वचपुर- यसै गरी मिति २०८०।०१।२० गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्नचनपुर र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ११ स्थित भारत बाट भन्सार छलि ल्याएका अन्दाजी रु. ९,६९०।- बराबको कमला पसन्द, पान मसला र अन्य सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरि प्रहरीले अवश्यक कारवाहीको लागी भन्सार कार्यालय कञ्नचनपुरमा बुझाईएको हो ।