लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-२४
- A
- A-
- A+
कैलाली- मिति २०८०/०१/२३ गते ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्ड कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला स्थित जि. कैलाली लम्कि चुहा न.पा. २ मोतीपुर बस्ने बर्ष २६ को सागर घिमिरे र ऐ.ऐ. बस्ने बर्ष ३३ को प्रेम सुनारलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ३ ग्राम ८० मिलिग्राम लागूऔषध खैरोहेरोईन फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीका २ स्थित ऐ.ऐ. बस्ने वर्ष १८ की करिस्मा छेडाल र यज्ञ ओलीको घरमा लागुऔषध सेवन गररहेको अवस्थामा ऐ.ऐ.बस्ने जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ बस्ने वर्ष २६ को यज्ञ ओली, ऐ.ऐ. बस्ने वर्ष २२ को सुरेन्द्र ओली र ऐ.ऐ. बस्ने वर्ष २४ को नरेश सिहंलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २८० मिलिग्राम खैरोहेरोईन फेला पारी घरबेटी सिहित तिनै जनालाई नियन्त्रणमा लिएको हो ।
यसैगरी शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.३ त्रिनगर भन्सार ब्यारेल नजिक जिल्ला कैलाली गौरीगंगा न.पा.८ बस्ने बर्ष १९ को राममाया कुस्मीलाई शंका लागी चेक जाच गर्दा निजको साथबाट २ ग्राम ब्राउन सुगर फेलापारी मानिस सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।