भन्सार छलीका समानहरु सहित मानिस पक्राउ
२०८०-०१-२४
- A
- A-
- A+
कञ्नचनपुर- मिति २०८०।०१।२३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, ईलाका प्रहरी कार्यालय बेलौरी,त्रिभुवनबस्ती कञ्चनपुर र प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कञ्चनपुरको बिभिन्न स्थानहरुबाट अन्दाजी रु.६४,३९०।- बराबरको मैदा, चिनि, सोडा, खाने तेल, फ्रुटी,गुट्खा, सुर्ति,स्याम्पू,नुन,नलकाको हत्ता, प्लाष्टिक, नटबोल्ट लगायत सामानहरु बेवारीसे अवस्थामा फेलापारी बरामद गरि आवश्यक कारवहीका लागी भन्सार कार्यालयमा बुझाईएको ।
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट समेत खटिएको प्रहरी टोलिले कैलाली जिल्लाको बिभिन्न वडा एरियाहरुबाट जि.लक्खीमपुर खीरी भारत बस्ने बर्ष २३ को मुनेश अलीले अन्दाजी रु.१२,०००।– बराबरको मो.सा.को पाटपुर्जा र अन्दाजी रु. ४०,५००।- बराबरको चिनि, बेसन. जुत्ताको लक, जुत्ताको स्टीकर, टेक्नोटी पेनहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी भन्सार कार्यालयमा बुझाईएको हो ।