अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२३
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ मदनचोक, ऐ.५ बनगाउ र ऐ.१७
मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४१,६००।– बराबरको चिनी,
जिरा, दाल, मिठाई,
प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला कैलाली
धनगढी उ.म.न.पा.७ मनेहराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.७६,७६०।– बराबरको थान कपडा,
सुटपिस लगायतका सामानहरु आईतबार दिउँसो अस्थायी प्रहरी पोष्ट मनेहरा,
कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।