प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-२३

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ९७० मिलिग्राम सहित २ जनालाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.५ बस्ने बर्ष २० को बिशाल चौधरी र ऐ.४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

 कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.९ दिपाघाटबाट अवैध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.५ गर्जमनी बस्ने बर्ष २४ को सन्तोष साउदलाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।