स्कुटर दुर्घटना हुँदा चालकको मृत्यू
२०८२-१२-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गौरीगंगा न.पा.१ मंगलपुर गौरीगंगा पुल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सु.प.प्र.०१-०१२ प ५९२९ नम्बरको स्कुटर अनियन्त्रित भई आईतबार राति दुर्घटना हुँदा स्कुटर चालक घोडाघोडी न.पा.८ आमखैया बस्ने बर्ष २३ को रोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।