जुवातास खेलिरहेको अवस्थामा मानिस पक्राउ
२०८०-०१-२६
- A
- A-
- A+
डडेल्धुरा- मिति २०८०/०१/२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी पोखराबाट संयुक्त खटिई गएको प्रहरी टोलीले जि. डडेल्धुरा अमरगढी न.पा. ७ जोशीगाँउ बस्ने तिर्थ राज जोशीको कुखुराको खाली खोर भित्र जुवातास खेली राखेको भन्ने सुचनाको आधारमा खटिई गएको प्रहरी टोलीले नगद रु.३९,३९५, मोबाईल ४ थान र २ गड्डी तास सहित निम्न मानिसहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखी थप अनुसन्धान भईरहेको छ ।
निम्न
१) जि. डडेल्धुरा अमरगढी न.पा. ७ बस्ने बर्ष ३८ को तेज कैनी ।
२) ऐ.ऐ. बस्ने बर्ष ४० को खेम बोहरा ।
३) ऐ.ऐ. बस्ने बर्ष ३३ को दिपक राज जोशी ।
४) ऐ.ऐ. बस्ने बर्ष ३४ को प्रेम बोहरा ।