लागू औषध सहित मानिस पक्राउ
२०८०-०१-२६
- A
- A-
- A+
कैलाली- मिति २०८०।०१।२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका २ भवानीटोल स्थित ऐ.ऐ. बस्ने बर्ष ४५ को उत्तर शाहलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ९०० ग्राम लागू औषध गाँजा फेलापारी निजलाई नियन्त्रणमा लिएको हो ।
यसैगरि,कञ्चनपुर:- सोमबार साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जि.कञ्चनपुर बेलौरी न.पा. ६ हात्तिबोझा स्थित ऐ.ऐ. बस्ने बर्ष २४ को अजबु रानालाई शंका लागि लागी चेकजाँच गर्दा निजको साथबाट ०.२० मि.लि.ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निज अजबु रानालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।