अवैध भन्सार चोरी छलीका सामान सहित मानिस पक्राउ
२०८०-०१-२६
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०१।२५ गतेको दिउसोतिर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.५ सुकासाल स्थित अन्दाजी रु. २,६९,३५०।– बराबरको भारतबाट अवैध भन्सार चोरी छली गरि ल्याएका मिश्री,दाल,पेय पदार्थ,बदाम,बेसन लगायतका सामानहरु,मोटरसाईकल थान २,स्कुटी थान १ र साईकल थान २ सहित जिल्ला कञ्चनपुर भिमदत्त न.पा.वडा नं.५ बस्ने चन्द्र सुनार समेतका ५ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि, सोमबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राज मार्ग स्थित जिल्ला कञ्चनपुर भि.न.पा.५ बस्ने बर्ष २८ को महेश ठगुन्नाले म २ प २३८५ नम्बरको स्कुटीमा भारतबाट भन्सार छली गरी ल्याएको अ.रु.१,२६,७५० बराबरको मिश्री,स्कुटी,आलु,प्याज लगायतका सामानहरु बरामद गरी निज महेश ठगुन्नालाई समेतलाई प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु,सवारी साधन तथा मानिसहरुलाई आवश्यक कार्वाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा पठाएको हो ।
कैलाली:-मिति २०८०।०१।२५ गतेको साँझतिर अस्थायी प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालीका १ बालुवाघाट स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मुल्य रु. ३,९२,०००।- (तिन लाख बयानब्बे हजार ) बराबरको पितलको पराद,कपडा,सुट पिस,साईकल लगायतका सामानहरु बेवारिसे अवस्थामा प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरि,कैलाली:सोमबार साँझतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटि गएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी रु. १४,०००।- बराबरको चिनी, मैधा, नरिवल, खुर्सानी, गुलाव बेवारिसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरि, कैलाली: मिति २०८०/०१/२६ गतेको दिउसोतिर सुदूरपश्चिम प्रदेश प्रहरी प्रहरी कार्यालय घनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले जि.कैलाली भजनी न.पा. ५ जवलपुर स्थित झुलुङ्गे पुल नजीक भारतबाट भन्सार छली गरी ल्याएको से.७ प.७५६४ न.को मो.सा.मा अन्दाजी रु. २,५०,०००।– बराबरको धोती, तकियाको खोल, लुङ्गी, लेडीज सुट, ब्लाउजको कपडा,मोटरसाईकल लगायतका सामानहरु बेवारीसे अवस्थामा फेलापारी बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको हो । उल्लेखित सामान,सवारी साधनलाई आवश्यक कारवाहीका लागी प्रहरीले भन्सार कार्यालय कैलालीमा बुझाईएको हो ।