अबैध भन्सार चोरी छलीका सामानहरु पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
कैलाली;- मिति २०८०।०१।२८ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली,जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय टिकापुर, ईलाका प्रहरी कार्यालय भजनी, ईलाका प्रहरी कार्यालय हसुलिया र अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिई गएको प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न स्थानहरुबाट रु.६,९८,५००।–बराबरको अबैध भन्सार चोरी छलीका सुट कपडा,साडी,लेहंगा,बिडी,प्रतिबन्धित प्लाष्टिक,चकलेट,मिठाई,सुर्ती लगायत सामानहरुका साथै १ थान मोटरसाईकल समेत बेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरि,कञ्चनपुर; मिति २०८०/०१/२८ गते दिउसो ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१० झलारी बजार नजिक अन्दाजी मुल्य रु ३०,०००।–(तिस हजार) बराबरको पेय पदार्थ(जुस) वेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कार्बाहीको लागी प्रहरीले भन्सार कार्यालयमा पठाईएको हो ।