प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस पक्राउ

२०८०-०१-२९

  • A
  • A-
  • A+
Share

कैलाली: मिति २०८०।०१।२८ गतेको साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली ध.उ.म.न.पा.७ मनेहरा बस्ने बर्ष २० को जगदिश कोलीलाई शंका लागी चेकजाँच गर्दा निज जगदिश कोलीको साथबाट नाईट्रोभेट २० ट्याबलेट, सहित नक थान १ फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । 

      यसैगरि,मिति २०८०।०१।२८ गते साँझतिर ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले लम्कीचुहा न.पा. १ अछाम रोड स्थित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २२ को उमेश शाही, ऐ. बस्ने बर्ष २४ प्रेम रावल र ऐ. बस्ने वर्ष २१ को डम्मर बि.क.लाई शंका लागी चेकजाँच निज डम्मर बि.क.को साथबाट १ ग्राम परिमाण भएको लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ फेला पारी उक्त लागु औषध बरामद गरी निजहरु तिनै जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

     यसैगरि,कञ्चनपुर;- मिति २०८०।०१।२८ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त न.पा. १८ सालघारी स्थित ऐ.बस्ने बर्ष २७ को कमलेश गिरी र ऐ. बस्ने बर्ष २३ को पंकज चन्दको शरीरमा खान तलासी गर्दा कमलेश गिरीको साथबाट शुद्द तौल १.९७ ग्राम र पंकज चन्दको साथबाट ०.९४ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।