अबैध भन्सार चोरी छलीका सामानहरु पक्राउ
२०८०-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८०/०१/३० गते कैलालीका बिभिन्न स्थानहरुबाट अबैध भन्सार चोरी छलीका सामानहरु प्रहरीले पक्राउ गरेको हो । जिल्ला कैलाली धनगढी उप-माहानगरपालिका २ फनपार्क स्थित भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु.५,०००।- बराबरको अबैध भन्सार छलीका सुर्ति,सलाई लगायतका सामानहरु बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरि,जि.कैलाली,धनगढी उप-महानगरपालीका ३ मिलन चोक स्थित अन्दाजी मुल्य रू ६,४००।- बराबरको गाजर,सिमला मिर्चा लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि, ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टीकापुर नगरपालीका वडा नं. ८ कालिमाटी स्थित अन्दाजी रु.३८,३००।–बराबरको पेय पदार्थ,सुर्ती,पानी पुरी,साईकल लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर:- शनिवार बिहान ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ०६ रिछा स्थित सडक छेउमा अन्दाजी मुल्य रु.१०,०००।– बराबरको पेय पदार्थ(डिऊ) लगायतको सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।