लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८०/०१/३१ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टिकापुर न.पा. १ बस्ने बर्ष २८ को प्रकाश चौधरीको घरमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा निजको घर कोठामा चेकजाँच गर्दा ऐ.ऐ. बस्ने प्रकाश चौधरी लगायत,ऐ.ऐ. बस्ने बर्ष २७ को कृष्ण बराल र ऐ. भजनी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २३ को रतन जैशीलाई फेला पारी निजको साथाट १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी रितपुर्वक बरामद गरि निज प्रकाश चौधरी, कृष्ण बराल, र रतन जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि,आईतवार साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टिकापुर न.पा. १ स्थित विरेन्द्र विद्या मन्दिर उच्च माध्यामिक विद्यालयको खेल मैदान नजिक सडक खण्डमा जिल्ला अछाम विनायक पञ्चदेवल नगरपालिका वडा नं. ७ पुल्यतोला घर भई हाल जिल्ला कैलाली टिकापुर नगरपलिका वडा नं. १ ज्योती नगर स्थित कोठा गरि बस्ने बर्ष १८ को धिरेन्द्र बटालालाई शंका लागी चेकजाँच निजको साथबाट २९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी रितपूर्वक बरामद गरि निज धिरेन्द्र बटालालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।