प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको पैसा सहित मानिस पक्राउ

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

कैलाली, मिति २०८०।०२।०१ गतेको साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी चोक स्थित धनगढी उमहानगरपालिका १० बस्ने बर्ष २९ को अक्षय रानाले चलाएको सुपप्र ०१००९ प ३८०५ नं.को मो.सा.रोकी चेकजाँच गर्ने क्रममा निज चालक र पछाडी सवार ऐ.बस्ने बर्ष २८ को बिजय रानाको साथबाट नेपाली रू ५०० को ८२ नोट रू.४१,०००।–(एक चालीस हजार) र भारतीय नोट रूपयाँ रू ५०० को १८ गड्डी रू. ९,००,०००(नौ लाख) स्रोत नखुलेको रकम फेला पारी बरामद गरी निज दुबै जना सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।