प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामानहरु सहित मानिस पक्राउ

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

कैलाली, मिति २०८०/०२/०१ गतेको साँझतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा ३ मिलन चोक स्थित भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु.१९,०००।- बराबरको खाने तेल,चिनी,पास्ता,मैदा लगातका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    यसैगरि,मिति २०८०/०२/०१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट संयुक्त खटिई गएको प्रहरी टोलीले जि कैलाली भजनी न पा ५ लखरायघाट स्थित अन्दाजी रु.३७,८३०।–बराबरको सामानहरु बिडि,सुर्ती,पेय      पदार्थ लगायत संलग्न लखिमपुर खिरी भारत बस्ने बर्ष २४ को गोपाल गौरबलाई साईकिल सहित प्रहरीले पक्राउ गरेको हो ।

       कैलाली-मिति २०८०।०२।०२ गतेको बिहान अस्यी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा २ बसपार्क पछाडी नामथर वतन खुल्न नआएको चालकले चलाएको सु.प.प्र.०१००१ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखि अटो छोडी चालक भागी फरार भएको, उक्त अटो र अटोमा अन्दाजी रु.४,४४,०००।– बराबरको सामानहरु-साडी,धोती,खादा,ब्लाउजको कपडा लगायत सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

      कञ्चनपुर-मिति २०८०/०२/१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी फटैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैध कुखूरा सहित अन्दाजी रु. १८,५००।–बराबरको पेय पदार्थ लगायतको सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु सहित मानिसलाई प्रहरीले आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको हो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।