प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामानहरु सहित मानिस पक्राउ

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

कैलाली, मिति २०८०/०२/०१ गतेको साँझतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा ३ मिलन चोक स्थित भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु.१९,०००।- बराबरको खाने तेल,चिनी,पास्ता,मैदा लगातका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    यसैगरि,मिति २०८०/०२/०१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट संयुक्त खटिई गएको प्रहरी टोलीले जि कैलाली भजनी न पा ५ लखरायघाट स्थित अन्दाजी रु.३७,८३०।–बराबरको सामानहरु बिडि,सुर्ती,पेय      पदार्थ लगायत संलग्न लखिमपुर खिरी भारत बस्ने बर्ष २४ को गोपाल गौरबलाई साईकिल सहित प्रहरीले पक्राउ गरेको हो ।

       कैलाली-मिति २०८०।०२।०२ गतेको बिहान अस्यी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा २ बसपार्क पछाडी नामथर वतन खुल्न नआएको चालकले चलाएको सु.प.प्र.०१००१ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखि अटो छोडी चालक भागी फरार भएको, उक्त अटो र अटोमा अन्दाजी रु.४,४४,०००।– बराबरको सामानहरु-साडी,धोती,खादा,ब्लाउजको कपडा लगायत सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

      कञ्चनपुर-मिति २०८०/०२/१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी फटैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैध कुखूरा सहित अन्दाजी रु. १८,५००।–बराबरको पेय पदार्थ लगायतको सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु सहित मानिसलाई प्रहरीले आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको हो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।