अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-०४
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०२।०३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, ईलाका प्रहरी कार्यालय बेलडाँडी र गुललरिया कञन्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभिन्न वडा एरियाहरुबाट भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी रु. १,२६,१००।- बराबरको अनार, अङ्गु, सिम्ला मिर्चा, आप, फलामका भाँडा, हट्केस लगायत UK06AN1614 नम्बरको मो.सा. सहित बेवारिसे अवस्थामा फेलापारी बरामद गरी आबश्यक कारबाहिको लागी समबन्धी भन्सार कार्यालयहरुमा बुझाईएको ।