अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०२-०६
- A
- A-
- A+
कञ्चनपुर- ईलाका प्रहरी कार्यालय गड्डाचौकी कंचनपुरबाट मिति २०८०।०२।०५ गते खटिगएको प्रहरी टोलीले भिमदत्त न.पा.१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राज मार्गमा जिल्ला कञ्चनपुर वेदकोट न.पा.१० बस्ने मनिषा पालले भारत बाट भन्सार छली गरी ल्याएको अ.रु.४,४००/- बराबरको दाल, धनिया लगायतका सामानहरु फेला पारी बरामद गरी निज मनिषा पाललाई समेत प्रहरीले नियन्त्रणमा लीई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकिमा बुझाईएको हो ।
यसैगरी, मिति २०८०/०२/६ गते प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले बेलौरी न.पा. २ नेपाल भारत सिमानामा पर्ने ५ गज पिलर नजिक बोईलर कुखुरा २४ पिस अ. (५० के.जि. ) अ. मुल्य १००००।- र २.५ लिटर चिसो डिउ ३ बोतल अ. मुल्य ६०० ।– गरी जम्मा रु १०,६००।– बरावरको बेवारीसे मालसामान बरामद गरी प्रहरी चौकी टेडुवामा ल्याई माथि उल्लेखित बोईलर कुखुरा र डिउ पेय पदार्थ स्थानिय जनप्रतिनिधि स्थानिय संचारकर्मी,स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरेको ।
यसैगरी, मिति २०८०।०२।०५ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय बेल्डाँडी कञ्चनपुरबाट खटिगएको सुयुक्त प्रहरी टोलीले जि कञ्चनपुर बेलडाँडी गा.पा.३ वैवाह स्थित अबैध भन्सार छलीका अन्दाजी रु.७१,८५०।– बराबरको चिसो पिय पदार्थ डिउ,कोका कोला, मजा, मैदा, चिनि,नम्किन,कालो प्लाष्टिक,सुर्ती लगायतका सामानहरु वेबारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।
कैलाली-मिति २०८०/०२/०५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न वडा एरियाहरुबाट अबैध रुपमा भन्सार गरि ल्याएका अन्दाजी रु. २३,०००।– बराबरको सुट, सुरुवाल, चिनि, ईम्ली, कुर्ती, भेष्ट, पिस, सुर्ती, आन्टी, चक्लेट वेवारिसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीका लागी सम्बन्धित भन्सासर कार्यालयमा बुझाईएको हो ।