प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतवाट ल्याई भन्सार छलि चोरी निकासीका सामान सहित मानिस पक्राउ

२०८०-०२-०७

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०/०२/६ गते ईलाका प्रहरी कार्यालय बेलौरी, बेल्डाडीवाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. ६३,०००।- प्लाष्टिकका कुर्ची, गहु १ क्वीन्टल बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बोईलर कुखुरा स्थानीय जनप्रतिनिधि, प्रत्रकार बुद्विजिवीको रोहवरमा नष्ट गरेको, अन्य सामान कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको । 

कैलाली- मिति २०८०।०२।०६ गते जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयहरुवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्लाको बिभिन्न स्थानहरुवाट भारतवाट भन्सार छलि चोरी निकासी गरि ल्याईएका अन्दाजी रु. ५०,५००।- बराबरको घडी सावुन,  सुर्ती, बिडी, मिठाई लगायतका सामान र भारत जिल्ला खिरी पलिया बस्ने बर्ष ६५ को अहेमद खान समेतलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।