लागु औषध सहित मानिस प्रकाउ
२०८०-०२-१४
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०२।१३ गते सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र प्रहरी चौकी भुडा
कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कञ्चनपुर बेलौरी नपा १० स्थित जिल्ला
कञ्चनपुर बेलडाँडी गापा १ बस्ने बर्ष २१ को अर्जुन चौधरी र ऐ. बेदकोट नपा ४ दैजी
बस्ने बर्ष १९ को रोशन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६.९२ ग्राम खैरोहिरोईन फेलापारी प्रहरीले
नियन्त्रणमा लिएको हो ।
यसै गरि, कैलाली- मिति २०८०/०२/१३ गते
अस्थाई प्रहरी पोष्ट अम्बिकाटोल कैलालीबाट खटि गएको प्रहरी टोलीले जि.कैलाली धनगढी उमनपा ११ स्थित ऐ. गोदावरी न.पा. ६ बड्याहा बस्ने बर्ष अं.२३ को
शुनिल राना, ऐ.ऐ. बस्ने बर्ष २६
को करन राना, ऐ. ध.उ.म.न.पा. ११
बस्ने बर्ष २३ को असोक राना र ऐ. बस्ने बर्ष १९ को राम सुरेश राना लाई शंका लागी
चेकजाँच गर्दा शुनिल राना को साथ बाट १०० मिलिग्राम ला.औ. खैरोहेरोइन फेलापारी बरामद
निज चारै जनाहरूलाई प्रहरीले नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।