अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक
झिल्ली लगायतका सामानहरु आईतबार राति इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,५८०।– बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका
सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।